राजविराज, २८ चैत । नेपाली सेनाद्वारा विपदको अवधारणा, व्यवस्थापन तथा आत्मरक्षा, प्रतिकार्य, कृत्रिम अभ्यास, र खोज तथा उद्वार समुदायमा अधारित प्रतिकार्य वारेमा ४ दिने तालिमको आयोजना गरिएको छ ।
नेपाली सेना, भिमदल गण राजविराजको आयोजनामा तथा राजबिराज नगरपालीका, तिलाठीकोईलाडी, बिष्णुपुर गाँउपालीका, रूपनी गाँउपालीका, छिन्मस्ता गाँउपालीका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन तालिकमको आयोजना गरिएको हो ।
नेपाली सेनाले बिपद जोखिम न्युनिकरण राष्टिय रण्निति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद जोखिम न्युनिकरण प्रबर्धन अन्तर्गत स्थानिय बिपद प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको भिमदल गणका समन्वय अधिकृत सह सेनानी उमेश न्योपानेले जानकारी दिए ।
समुदायमा अधारित तालिम प्राप्त पुर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उदेश्यले समुदाय बिपद प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया