नरैनापुरलाई शिक्षाको हब बनाउने गाँउपालि अध्यक्षकोे प्रतिबद्धता

समाचार

4/12/2019

बाँके, २८ चैत । बाँकेको नरैनापुर ६ मा रहेको जय किसान माध्यमिक विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

बिहिबार स्कुलमा आयोजित कार्यक्रममा शैक्षिक रुपमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाइ पुरस्कार वितरण गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरलाई शिक्षाको हब बनाउने बताउँदै उनले शिक्षा बिनाको बिकास अधुरो रहेकोले नरैनापुर गाँउपालिकाले अब शिक्षामा सबै भन्दा बढी लगानी गर्ने जिकिर गरे ।

प्रमुख शाहले नरैनापुरकाृ जय किसान माबिलाई उच्च माध्यमिक बिद्यालय र नरैनापुरमा नै कृषि प्राबिधिक क्याम्पस खोल्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिद्यालयमा भर्ना हुने सबै बिद्यार्थीहरुलाई पोशाक बितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्बोधन गर्दै अध्यक्ष शाहले अरुको झोला बोक्ने पराम्पराले आज नरैनापुर शैक्षिक रुपमा पछाडि परेको बताउँदै अब झोला बोक्ने पराम्परालाई अन्त्य परी आफना बालबालिकाहरुलाई बिद्यालयमा पढनका लागि पठाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ