जनकपुरधाम, २९ चैत्र । मानव जिवनको अन्तिम समयमा महापात्रहरुद्धारा गरिने सँस्कार कार्य आफैमा सम्मानित कार्य रहेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
महापात्र पुनरुत्थान समाज नेपालको दोश्रो केन्द्रीय साधारण सभाको उद्धघाटनका क्रममा प्रदेश प्रमुख कायस्थले सो धारणा राखेका हुन् ।
यस किसिमको सँस्कारले अचेल जीवनयापन गर्न कठिनाई हुने गरेको चिन्ता व्यक्त गर्दै उनले यस कार्यलाई समृद्ध बनाउन तर्फ जोड दिनुपर्ने बताएका छन् ।
साथै उनले दिवँगत आत्माको चिर शान्तिका लागि गरिने कार्य व्यवस्थित र मर्या्दित बनाउँदै यसको गुणवत्तामा पनि ध्यान पुर्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा अयोध्यानाथ चौधरीले गीतको माध्यममबाट प्रदेश प्रमुखको स्वागत गरेका थिए । त्यस्तै, कार्यक्रममा बिभिन्न जिल्लाबाट आएका गाउँ सभा समिति, नगर सभा समिति लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया