करेन्ट लागेर बालिकाको मृत्यु

समाचार

4/12/2019

बारा, २८ चैत । महागढिमाई नगरपालिका–२ भैसियाटोल बस्ने मनोजप्रसाद यादवको १० वर्षीया छोरी पुष्पाञ्जली कुमारी यादवको करेन्ट लागेर बुधबार दिउसो मृत्यु भएको छ ।

कलमा पानी खानेक्रममा कलमा जोडेको मोटरबाट करेन्ट लाग्दा गम्भीरघाइते भएकी उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ