जनकपुरधाम, २३ बैशाख । प्रदेश २ सरकारले अक्सिजन सिलिन्डर भण्डारण गर्न प्रदेशभरका प्रत्येक अस्पताललाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
कोरोनाको दोस्रो लहरमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएकाले प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै, संक्रमितका लागि महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर हजार भाइल तत्काल खरिद गर्न प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया