काठमाडौं, २६ माघ । जनमत पार्टीका नेता डा.विनय पञ्जियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसँग भेट गरेका छन् ।
प्रदेश नं. २ को सम्पूर्ण प्रदेशसभा सदस्य, मन्त्रीहरू, मुख्यमन्त्री लगायत प्रदेश सरकार निर्माण पश्चात नियुक्ति भएका सम्पूर्ण सम्पति छानविन हुनुपर्ने र विगतमा दोषि देखिएका सम्पूर्णलाई तत्काक कार्वाही हुनुपर्ने ध्यानाकर्षण गराएका छन् ।
प्रदेश २ को सरकर जनभावना विपरीत चरम भ्रस्टाचारमा लिप्त रहेको आरोप लगाउँदै पञ्जियारले कारबाही गर्न अख्तियार प्रमुखसँग आग्रह गरेका छन् ।
‘हामीलाई प्रमुख आयुक्तले ठोस प्रमाणहरु रहेको र चाडै नै प्रदेश २ लाई भ्रष्टाचार र भ्रस्टाचारीमुक्त प्रदेश बनाउने हाम्रो अभियानलाइ साथ दिने प्रतिवद्धता जाहेर गर्नुभयो ।’ भेटपछि पञ्जियारले भने ।
साथै, केही विशेष सूचना, कोही पिडित भएको खण्डमा सम्पूर्ण विवरण उप्लब्ध गराए कारबाही गर्ने समेत आश्वासन जाहेर गरेका बताए ।
तपाईको प्रतिक्रिया