बाँके, २४ असार । नेपालगंज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने सोही उपमहानगरपालिका–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तपाईको प्रतिक्रिया