अटो पल्टिँदा एकको मृत्यु

समाचार

1/17/2021

रुपन्देही, ४ माघ । सैनामैना नगरपालिका–११ शितलापुरडाँडास्थित सडकमा लु.१ह १५१० नम्बरको अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका जर्लैया बस्ने ३२ वर्षीय सुरेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते सुरेशको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ