अतिक्रमित भूमि फिर्ता ल्याउन राजनीतिक र कुटनीतिक पहल थाल्न कांग्रेसको माग

समाचार

5/25/2020

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ ।

कांग्रेस पदाधिकारी बैठकले सुगौली सन्धिका आधारमा अहिले विवादित रहेको भूमि नेपालको रहेको र उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको नक्सा जारी गरेपछि संसदमा पेश गरेको संविधान संसाधन प्रस्तावका बारेमा छलफल गर्न केन्द्रिय समिति बैठक समेत बोलाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले कोरोना विरुद्धको अभियानमा सरकारले काम गर्न नसकेको निष्कर्ष निकाल्दै युद्धस्तरमा कार्य गर्न अपिल र माग गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ