राजबिराज, ५ साउन । एभीन्युज टिभिले समस्या मात्र उठाउँदैन पहल मात्र गर्छ भनि उद्देश्यको साथ टिभिको समन्वयमा बिपन्न, गरिव परिवारलाई राहत बितरण गरेको छ ।
आइतबार राजविराजमा एक कार्यक्रमबीच सप्तरीको विभिन्न स्थानीयका गरिब, बिपन्न, अतिगरिब १ सय परिवारलाई राहत वितरण गरिएको सप्तरी एबिन्युज सम्वाददता बैधनाथ यादबले बताए ।
एबिन्युज टिभिमा कोरोना कहर कार्यक्रम मार्फत सप्तरीका विभिन्न बिपन समुदायले फोन गरेर आफनो समस्या बताएपछि एबि न्युजको पहलमा राहत बितरण गरिएको हो ।
तिलाठी कोईलाडी गाउपालीका वडा नम्वर ८ का १५ जना, वडा ६ का १५ जना, राजबिराज नगरपालीका २ का १० जना र वडा नम्वर १६ का ७० गरी १ सय जनालाई राहत बितरण गरिएको हो ।
राहत कृष्ण प्रणामी समाज, नवदुर्गा भेन्यु सुकेधारा, नेपाल अटोबर्कसप ब्यबसाय सँघको सहयोगमा राहत बितरण गरिएको स्थानिय समन्यकर्ता शिक्षक राजकुमार यादबले जानकारी गराएका छन् । बितरण गरिएको राहतमा २५ केजी चामल, दुई केजी दाल, एक केजी तेल र एक केजी नुन रहेको छ ।
तपाईको प्रतिक्रिया