अदालतको जुनसुकै निर्णय मान्न कांग्रेस तयार छ : उपसभापति निधि

समाचार

2/21/2021

रौतहट, ९ फागुन । संसद् विघटनपछि सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णय आफ्नो पार्टी कांग्रेसले मान्ने उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरकेो संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका निधिले भने, ’अदालतले संसद् पुनर्स्थपाना नगर्ने फैसला गर्यो भने कांग्रेस निर्वाचनमा पनि जान तयार छ ।’

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रधानमन्त्रीको कदमविरुद्ध कांग्रेस चुप लागेर नबसेको पनि प्रतिक्रिया दिए ।

साथै निधिले कांग्रेस अदालतको फैसला कुरेर बसको पनि बताए । ढिलो चाँडो निर्वाचनमा नै जानुपर्ने भएकाले संसद् पुनर्स्थापना नभए पनि कांग्रेस निर्वाचनमा जाने उनको जिकिर थियो ।

कांग्रेसको धारणा प्रस्ट भएकाले पार्टीले कुनै प्रकारको दोहोरो भूमिका नदेखाएको पनि उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ