सर्लाही, १ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्र्थापना गरी देशलाई अँध्यारो सुरुङमा फस्नबाट जोगाउने बताएका छन् ।
सर्लाहीको लालबन्दीमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालत र न्यायधीशहरू संसद् पुनःस्र्थापनाकै पक्षमा उभिने नेता थापाले विश्वास दिलाए ।
‘प्रधानमन्त्रीले अहिले चाल्नुभएको कदम ठीक हो भन्दै अघि बढे प्रदेश, स्थानीय सरकार हुँदै संविधान नै खेर जाने अवस्था छ,’उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभई संविधान अनुसार अघि बढ्न थापाले आग्रह गरे । अहिलेकै अवस्था रहे देशमा संघीयतासमेत धरापमा पर्ने उनले चिन्ता व्यक्त गरे ।
संविधानको रक्षा र अहिलेको असंवैधानिक कदमविरुद्ध गाउँगाउँमा गएर नागरिकलाई प्रस्ट पार्न कांग्रेस नेताहरुलाई उनले आग्रहसमेत गरे ।
तपाईको प्रतिक्रिया