कैलाली, १६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताएका छन् ।
कैलालीमा शनिबार थारुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित थारुहट थारुवान राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेता महतोले सो कुरा बताएका हुन् ।
उनले अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको बताउँदै थारु समुदायले अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताए ।
अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय भएको नेता महतोले बताए ।
तपाईको प्रतिक्रिया