काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा १६ जना थप गर्दै विस्तार गरेका छन् ।
अध्यक्ष ठाकुरले आफ्ना पक्षका १६ जना नयाँ सदस्यमा अधिकांश युवाहरुलाई थप गर्दै ६७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्य बनाएका छन् ।
अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा थप गरेका १६ जना जनामा डा.सुरेन्द्र झा, सुरेश मण्डल, राजिव झा, अभिराम शर्मा, प्रमेश्वर साह, कृष्ण सिंह, डा.विजय सिंह रहेका छन् ।
यसैगरी, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई समेत केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ल्याइएको छ ।
तपाईको प्रतिक्रिया