अध्यादेशबारे छलफल गर्दै कांग्रेससँग जसपा

समाचार

12/19/2020

काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल भइरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोले देउवासँग भेटेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र जसपाले आधिकारिकरुपमा अध्यादेश फिर्ता लिई हिउँदे अधिवेशन बोलाउन माग गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ