अप्पन टेलिभिजनकर्मी शिवालीसहित चार जनालाई युवा पत्रकारिता पुरस्कार

समाचार

7/14/2021

काठमाडौं, ३० असार । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको अप्पन टेलिभिजनका समाचार प्रमुख तथा पूर्वमधेशवाणीकर्मीसमेत रहेका अजय साह शिवालीसहित चार पत्रकारलाई नेपाल सरकारले युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरेको छ ।

संघीय युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा बुधबार एक कार्यक्रम गरी पत्रकारहरू शिवाली, डोलराज रानाभाट, शिवकुमार अधिकारी र राधा नेपालीलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, चितवन भरतपुरका रानाभाट इमेज च्यानलका सम्वाददाता र धनुषा लक्ष्मीनियाँका शिवकुमार अधिकारी आयोमेल डटकमका सम्वाददाता छन् । यसैगरी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी राधा नेपाली तरङ राष्ट्रिय पाक्षिकमा कार्यरत छिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपानेले पुरस्कृत हुने सबैलाई जनही ५०–५० हजार नगद र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

पत्रकारिताको माध्यमबाट युवा जागरण, युवा उद्यमशिलता, युवा विकासका सवाल, युवा रोजगारी तथा स्वरोजगारीका सवाल, सामाजिक विकृति, विसंगति, विभेद न्यूनीकरण तथा सामाजिक सद्भावलगायतका क्षेत्रमा योगदान पु¥याएवापत् उनीहरूलाई सम्मान गरिएको हो ।

मन्त्रालयले हरेक वर्ष युवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ