अपराध न्यूनीकरणका लागि अस्थायी प्रहरी बिट स्थापना

समाचार

1/19/2021

झापा, ६ माघ । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सिमानाका नजिक मेची पुल पारी अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।

उक्त बिटको भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

गत जेठ २४ गतेबाट निर्माण कार्य शुरु भएको उक्त बिट जम्मा १६ लाख ८० हजार ६ सय ५८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरुको रोकथाम गरी नागरिकलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको बिशेष पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ