रौतहट, २६ असार । राजदेवी नगरपालिका–३२ चण्डिया गाउँबाट करिब १ केजी अवैध लागूऔषध अफिमको चोप सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैया गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुकलाल वाइवा रहेका छन् ।
बा.६० प ५३५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वसतपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया