बाँके, ३ साउन । कोहलपुर नगरपालिका–११ स्थित एलबी गेष्ट हाउसबाट सोही नगरपालिका–२ बस्ने ३२ वर्षीय भबिलाल पुनलाई लागूऔषध अफिम ४ किलो १ सय ७४ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेष्ट हाउसमा अवैध लागूऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज, कर्णाली प्रदेश प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उक्त गेष्ट हाउसबाट पुनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया