अब उधारोमा काम चल्नेवाला छैन : महन्थ ठाकुर

समाचार

3/18/2021

काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अब उधारोमा कसैलाई पनि समर्थन नगर्ने बताएका छन् । उनले चेक पनि नलिने क्यास लिने बताएका हुन् ।

बुधबार राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको १३औं वार्षिकोत्सव तथा संगठन समायोजन कार्यक्रम एवं गणतन्त्र सशक्तिकरणमा प्राध्यापकको भूमिका विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले कसैसँग वार्ताको ढोका बन्द गरेका छैनौं । जसले हामीलाई बोलाउँछ, हामी जान्छौं कुरा गर्न, हामी आफ्ना कुरा राख्छौं ।’ उनले भने, ‘हामीलाई आश्वासन त सबैले दिन्छन् ।’

ठाकुले भने, हामीले भनेका छौं कि अब उधारो काम चल्नेवाला छैन । हामीले प्रचण्डजीलाई भनेका थियौं, उहाँले लिखितरुपमा दिन तयार छौं भन्नुभयो । हामीले प्रचण्डजीलाई भन्यौं कि हामीलाई चेक चाहिँदैन, हामीलाई नगद चाहिन्छ ।’

सबैले आफूहरुलाई आश्वासन दिइरहेको बताउँदै जो सरकारमा छन्, उसले सरकारमा आउन भनिरहेका छन् र जो सरकार बाहिर छन् उसले साथ दिन भनिरहेका अध्यक्ष ठाकुरले बताए । ‘समस्या समाधान गर्ने भनिरहेका छन् । तर हामी आफ्नो मुद्दामा अडिग छौं ।’

अध्यक्ष ठाकुले भनेका छन्, ‘हामी अहिले भनेका छौं कि हामीबीच एकताको आवश्यकता छ । बिना एकता सयौं थुंगा फूल पूरा हुन सक्दैन । त्यस्तै प्रकारले हामीलाई सुरक्षा पनि आवश्यक छ । आज हाम्रा युवा पुस्ता विदेशिने अवस्था कायमै छ । त्यहाँ पनि धेरै कष्ट छन् । यस्ता पीडाका बीच हामीलाई बाँच्नुपरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ