अब सीमा विवाद समाधान गर्ने बाटो खुल्योः कमल थापा

समाचार

8/16/2020

काठमाडौं, ३२ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गरेका छन् । उनले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सीमा विवादलगायत द्धिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो खुलेको पनि बताएका छन् । थापाले लेखेका छन्, ‘भारतीय स्वतन्त्रता दिवस कै सन्दर्भमा भएपनि लामो समय देखिको सम्वादहीनता अन्तगर्दै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीच टेलिफोन मार्फत शुभकामना आदानप्रदान हुनु सकारात्मक र स्वागतयोग्य हो । अब सीमा विवाद लगायत द्विपक्षीय हितका सबै बिषय समाधान गर्ने वार्ताको बाटो खुलेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ