अमेरिकामा चीनविरुद्ध प्रदर्शन

समाचार

7/4/2020

काठमाडौं, २० असार । चीनविरुद्ध अमेरिकामा भारतीय नागरिकले विरोध प्रदर्शन गरेका छन् । भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए ।

उनीहरु चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए । विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा पनि लगाए ।

जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा भारतको २० र चीनको ४३ जना सैनिक मृत्यु भएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलने चेतावनी दिए पनि चीनविरोधी गतिविधि भएको हो । अमेरिकाको मुख्य सहरमा चीनविरोधी प्रदर्शन भइरहेको छ ।

सहभागीको हातहातमा भारत, ताइवान र तिब्बतको झण्डा थियो । चीनको उत्पादनहरु प्रयोग नगर्ने जस्ता घोषणा गरिएको थियो । प्रदर्शनमा चीनमा उत्पादित सामग्रीहरुलाई निरुत्साहन गर्ने जस्ता आवाज पनि उठाइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ