नयाँ दिल्ली, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
भारत भ्रमणमा रहेका ट्रम्पसँग हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको मोदीले बताए ।
‘आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ’ मोदीले भने । उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए ।
अन्तरर्राष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्ट्राटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।
तपाईको प्रतिक्रिया