अमेरिकी राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

समाचार

2/9/2021

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।

मोदीले ट्विटमार्फत आफूहरुबिच फोनमा वार्ता भएको जानकारी दिएका छन् ।

मोदीले भनेका छन्, ‘राष्ट्रपति जो बाइडेनसँग कुरा भयो । उनलाई मैले सफलताका लागि शुभकामना दिएँ। हामीले क्षेत्रीय मुद्दा र आफ्ना साझा प्राथमिकताकाबारे चर्चा ग¥यौँ। साथै जलवायु परिवर्तन रोक्नका लागि सहयोग बढाउने विषयमा पनि सहमति जाहेर ग¥यौँ ।’

एक अर्काे ट्विटमा मोदीले भनेका छन्, ‘राष्ट्रपति बाइडेन र म नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि प्रतिबद्ध छौँ। हामी एशिया–प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षाका लागि आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो पार्न इच्छुक छौँ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ