अर्थमन्त्री र भारतीय राजदूतबीच भेट, एक अर्बको चेक हस्तान्तरण

समाचार

11/3/2020

काठमाडौं, १८ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघात भएको छ ।

सो भेटघाटमा दुई देशबीच आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि भारतीय अनुदानस्वरूप थप १ अर्ब नेरूको चेक हस्तान्तरण गर्न नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलसँग भेटवार्ता भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ