अवैध रकमसहित सिरहाबाट दुई जना पक्राउ

समाचार

1/14/2021

सिरहा, १ माघ । अवैध रकमसहित प्रहरीले सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चार दिनअघि पनि अवैध रकमसहित प्रहरीले सिरहा हकपाराका एक जनालाई पक्राउ गरेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ