अवैध लागूऔषधसहित किशोर पक्राउ

समाचार

6/22/2021

बाँके, ८ असार । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने धुलो पदार्थ सहित बर्दिया मधुवन नगरपालिका–५ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोबाईल सेटको ब्याट्री राख्ने ठाउँमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ