मोरङ, ६ बैशाख । केराबारी गाउँपालिका–८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका–१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गाउँपालिका–१ बस्ने ४१ वर्षीय बिष्णु लिम्बु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया