धनुषा, २१ असार । नगराईन नगरपालिका–६ लग्मा पछयरी टोल बस्ने सुबध मण्डलको खप्डाको घर अबिरल बर्षाको कारण भत्किँदा ४० वर्षीय जोगिन्द्र मण्डल, उनकै श्रीमती ३५ वर्षीया रेनु देवी मण्डल र उनकै छोरा १० वर्षीय अनिल कुमार मण्डल घाइते भएका छन् ।
आइतबार बिहान घाइतेलाई उपचारका लागि बिपी कोईराला अस्पताल धरान पठाइएको छ । साथै घर भत्किँदा अन्नपात, लत्ताकपडा लगायतका सामान पुरिएर करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया