रौतहट, १९ असार । लगातारको वर्षाका कारण जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । शनिबार बाग्मती, लालबकैया तथा झाँझ खोलामा पानीको बहाव बढेको हो । जसले गर्दा गाउँलेहरु विस्थापित हुन पुगेका छन् ।
गौरको बरहवा ताल आसपासको क्षेत्रका घर तथा सडकमा बाढीको पानी बढ्ने क्रममा रहेको छ । गौर नगरपालिकाको वडा नं. १ र २ भन्सार क्षेत्रको बस्ती बाढी पस्न थालेको छ ।
यसैगरी, ईशनाथ नगरपालिकाको १, २, ३ र ९ नम्बर वडा डुबानमा परेको छ भने राजदेवी नगरपालिका– ९ तथा दुर्गा भगवती गाउँपालिका– ५, ७ र ८ नम्बरका घरमा बाढीको पानी पसेको हो ।
दुर्गा भगवती गाउँपालिकाको बाग्मती नदीको बाँध नजिकै भएको बस्तीका करीब दुई सय परिवार विस्थापित भएका छन् । उनीहरु बाँधमा पाल राखेर बसेका छन् ।
गढीमाई नगरपालिका– ९ सिंगारमनमा रहेको पुल र स्परमा बाढीले क्षति पु¥याएको छ । इशनाथ नगरपालिकाको बन्जरहामा ३० परिवार विस्थापित भएका छन ।
राजदेवी नगरपालिकामा बाग्मती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाँधको स्पर मर्मत गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया