राजविराज, २८ असार । केही दिनदेखि अविरल वर्षाका कारण राजविराजको अधिकांश वडा डुबानका परेका छन् ।
राजविराजको वडा नम्वर १, २, ६, ७, १०, ११ १२, १५ लगायतका वडाहरूमा स्थानीयहरूको घरघरमा पानी जमेपछि जनजीवन कष्टकर बनेको छ ।
राजविराज २ स्थित राजदेवी पोखरी महाडका लक्ष्मी प्रसाद कर्णको घरमा ३ फिट पानी जमेर उनी घर बाहिर गर्न सकेको छैन ।
दुई दिनदेखि घरमा पानी जमेर उनीहरू सुत्ने कोठाभित्र बाहिर पानी जमेपछि खानेकुरा सबै नष्ट भएकोले भाकै बस्न बाध्य भएको घरमुली लक्ष्मी कर्णले बताए ।
उनले भने पानीको निकास हुन नसक्दाँ बर्सेनि यस्तो समस्या पर्ने गरेको गुनासो गरे ।
यता वडा २ का वडा अध्यक्ष अरूण यादबले वडा केही ठाउमा पानी जमेकोले पानीको निकासका लागि पहल गरिरहेको बताए ।
यसैगरी वडाकै स्थानिय डा रामखेलावन यादब, खडगनारायण चौधरी, पंकज देव, बिरेन्द्र चौधरी, सुर्यबहादुर थापा लगायत दर्जनौको घरमा पानी जमेपछि घरवाट निस्किन समस्या भएको छ ।
राजबिराज १ स्थित खाडो नदिको तटबन्धमा रहेको डुमरी, शिवथान टोल अहिले पानी जमेर सर्वसधारणलाई घरबाहिर निस्किन समस्या भएको स्थानिय रामअवतार यादबले जानकारी दिए ।
यसैगरी राजबिराज ७ स्थित खर्साल टोलमा जमेको पानी निकास हुन नस्कदाँ सर्वसधारणलाई घरबाहिर तथा आवतजावत गर्न कठिनाई भएको स्थानिय रामनारायण मेहताले बताए ।
तपाईको प्रतिक्रिया