गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

समाचार

5/28/2020

विराटनगर, १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको हो ।

लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्ती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको साथ मनाइयो । मझारे प्रहरी चौकीका प्रहरी निरीक्षक मिलन थापा सहितको उपस्थितिमा दिप प्रवजन गरि कार्यक्रमको शुभारम्भ गरिएको लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ