अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

समाचार

9/6/2020

कैलाली, २१ भाद्र । कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

आवश्यक जनशक्ति व्यवस्थापन, २४ सै घण्टा फार्मेसी संचालन, अतिरिक्त भत्ता लगायतका ५ बुँदे माग राख्दै अस्पतालमा कार्यरत चिकित्सक तथा पारामेडिक्सहरू आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरुले पटक–पटक नगरपालिकामा लिखित तथा मौखिक रुपमा मागहरु राखेको भए तापनि कुनै सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको एक स्वास्थ्यकर्मीले बताए ।

उनीहरुले आफ्ना माग सम्बोधनका लागि विभिन्न दवावमुलक कार्यक्रम गरिसकेका छन् । जसअनुसार गत असार २४ गते नगरपालिका समक्ष उनीहरुले लिखित निवेदन दिएका थिए ।

अस्पताल अहिले गोदावरी नगरपालिकाको मातहतमा रहेको र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष स्वयम् नगरप्रमुख रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ