आइसिआइसिआईको नेपालमा प्रतिनिधि कार्यालय

समाचार

12/3/2020

काठमाडौं, १९ मंसिर । भारतीय आइसिआइसिआई बैंक लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा रहेको सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो ।

आइसिआइसिआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो । प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र आइसिआइसिआई बैंकका प्रबन्ध सञ्चालक तथा सिइओ सन्दीप बक्सीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ