कपिलवस्तु, १५ फागुन । ग्रामीण क्षेत्रका गरिब जनताको आँखाको समस्यालाई मध्यनजर गर्दै शुद्धोधन गाउँपालिकाले तीनदिने आँखा शिविर लवनीमा संचालन गरेको छ ।
आँखाको समस्या, मोतियाविन्दु तथा अन्य समस्याका लागि शिविर संचालनमा ल्याइएको छ ।
सामान्य समस्याका लागि प्राविधिक टोलीद्वारा उपचारको व्यवस्था गरिएको छ भने मोतियाविन्दु भएका विरामीलाई अप्रेसनका लागि अन्य स्थानमा रिफर गरिएको छ ।
अप्रेसन गरेर आएका विरामीलाई गाउँपालिकाबाट ५ हजार रुपैयाँसमेत प्रदान गरिने अध्यक्ष निसार अहमद खांले बताए ।
गाउँपालिकाका ६ वडा तथा नजिकका पालिकाका वडाहरुका जनताले शिविरवाट सो लिइरहेको र प्रत्येक वर्ष शिविर संचालन गरिरहेको समेत अध्यक्ष खांले बताए ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोग र सुदृष्टि प्रतिष्ठान नेपाल काठमाडौंको प्राविधिक सहयोगमा संचालनमा रहेको शिविरमा ५ सय बढी जनताले सेवा लिने अपेक्षा लिइएको सहजकर्ता उषा गौतमले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया