आगजनीबाट घर पूर्णरुपमा जलेर नष्ट

समाचार

6/7/2021

रौतहट, २४ जेठ । फतुवा बिजयपुर नगरपालिका–११ भैसही बस्ने सिकिन्द्र महतोको घरमा सोमबार बिहान आगजनी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

परोहा नगरपालिका–६ बसन्तपटी बस्ने ४५ वर्षीय मनोज महतोले सिकिन्द्रको घरमा आगजनी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिहवाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

मनोजलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ