आगामी आवमा जनकपुर–जयनगर रेल चलाइने : मन्त्री नेम्बाङ

समाचार

6/8/2020

काठमाडौं, २६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताएका छन् ।

संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताए । उनले भने, ‘त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’

उनले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउन बजेटको व्यवस्था गरिएको पनि बताए । उनले सडक सुरक्षा ऐन संसदमा पेश गर्न तयारी अवस्थामा रहेको पनि जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ