बाँके, २६ चैत । कोहलपुर नगरपालिकामा आगलागी हुँदा चार लाखको धनमाल जलेर नष्ट भएको छ ।
कोहलपुर–१३ खर्कवार बस्ने गर्ज बहादुर बुढामगरको गोठमा मंगलबार दिउँसो आगलागी भएको थियो ।
आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया