रुपन्देही, ४ चैत । गैडहवा गाउँपालिका–७ सालघारी बस्ने ईश्वर घर्ती मगर र लोक बहादुर घर्ती मगरको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार राति आगलागी हुँदा २ वटा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद ६० हजार रुपैयाँ समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया