आगलागीबाट १२ लाखको धनमाल जलेर नष्ट

समाचार

12/9/2020

सर्लाही, २३ मंसिर । जिल्लाको बिष्णु गाउँपालिका–२ पकडिगोठ बस्ने योगेन्द्र प्रसाद साहको घरमा आगलागी हुँदा १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा लत्ताकपडा, अन्नपात लगायतका सामान जेलर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ