आगलागी हुँदा ८ क्वीन्टल गहुँ जलेर नष्ट

समाचार

4/13/2021

कपिलवस्तु, २९ चैत । कपिलवस्तु नगरपालिका–२ रम्ताला बस्ने श्रीपथ धोवीको खेतमा लु.२ त ५१९१ नम्बरको कम्पाईन मेसिनले गँहु काट्ने क्रममा आगलागी भएको छ ।

उक्त मेसिनको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा मेसिन तथा ८ क्वीन्टल गँहु समेत जलेर करिब ८ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ