आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको आग्रह

समाचार

9/20/2020

काठमाडौं, ५ असोज । आधिकारिक ट्रेड युनियनको आगामी २४ गते हुने भनिएको निर्वाचन स्थगन गर्न प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आग्रह गरेका छन् ।

सोमबार मुख्यमन्त्री राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई युनियनको निर्वाचन स्थगन गर्न पत्रमार्फत् अनुरोध गरेका छन् ।

युनियनको निर्वाचन हाल कोभिड–१९ को अवस्था विद्यमान रहेको र प्रदेश २ यो महामारीका कारण सबैभन्दा बढी प्रभावित रहेको वर्तमान अवस्था तथा थ्रेसहोल्ड विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधिन रहेको अवस्थालाई ध्यानमा राखि हाललाई निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतले अनुरोध गरेका हुन् ।

यता, आधिकारिक ट्रेड युनियनको हुन लागेको निर्वाचनको विरुद्ध नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

निजामती कर्मचारीहरुको पेशागत संरक्षण, पहिचान र मर्यादालाई व्यवस्थित र वैज्ञानिक वनाउन निजामती सेवा ऐनले पेशागत समृद्धिको लागि कर्मचारीहरुलाई ट्रेड युनियन अधिकार प्रदान गरेको छ ।

निर्धारित १० प्रतिशतको थ्रेसहोल्ड मापदण्डलाई ३ प्रतिशत कायम गरिनुपर्ने माग मञ्चको छ । मञ्चले यसो गरिए सबैको प्रतिनिधित्व हुने सुनिश्चित र यही नै समावेशिताको सिद्धान्त रहेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ