जनकपुर, ९ माघ । कामाख्या परिवार नेपालको तत्वावधानमा आध्यात्मिक चेतनाको आलोकमा नेपाल र भारत सम्बन्ध विषयमा एक दिवसीय परामर्श गोष्ठी जनकपुरधामा आयोजना गरिएको छ । गोष्ठीमा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कामाख्या परिवार नेपालका अध्यक्ष डाक्टर विभाष लाभको अध्यक्षातामाकार्यक्रम सम्पन्न भयो । गोष्ठीमा छिमेकी भारतका विहार राज्य वैश्याली क्षेत्रका पुर्व विधायक डाक्टर अच्युतानन्द सिंहले नेपाल र भारतको सम्बन्ध पौराणिककालदेखि नै रहदै आएको बताए ।
गोष्ठिकम डा. राजेन्द्र विमलले आध्यात्मिकका सँगै विज्ञान र प्रबिधि क्षेत्रमा पनि दुबै देशले सहकारी गर्नु पर्ने बताए । विमलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रस्तावित रामायण सर्किटको निर्माणले दुबै देशको सम्बन्ध अझै सुदृढीकरण हुने कुरामा विश्वास प्रकट गरे ।
कार्यक्रममा विहार राज्यका डा. रुपक कुमार सिंह, डा. गौरव मलाकार, डा. विपिन सिंह, डा. करुनायाम, वकिल स्नेहा सिंह, प्रो. नेहा कुमारी, इन्जिनियर रवीसंकर, राजु श्रीवस्तव, ललिता लाभा लगायतका उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया