काठमाडौं, ५ पुस । कठ्याङ्ग्रिदो चिसोमा आफ्नो बक्यौता माग गर्दै आन्दोलनरत् उखु किसानहरुलाई जनता समाजवादी पार्टी, नेपालकी सांसद चन्दा चौधरीले कम्बल वितरण गरेकी छन् ।
वर्षौंदेखिको बक्यौताको भुक्तानीका लागि उखु किसानहरुले गत आइतबारदेखि नै काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गर्दै आएका छन् ।
शनिबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सांसद चौधरीले कम्बलसमेत वितरण गरेकी छन् । उनले उखु किसानको माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएकी छिन् ।
उनले किसानको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्दै किसानको भुक्तानी नगर्ने उधोगीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएकी थिइन् ।





तपाईको प्रतिक्रिया