आफन्तविहीनले पाए नागरिकता

समाचार

2/17/2021

सर्लाही, ५ फागुन । वडाध्यक्ष सनाखतमा बसिदिएपछि सर्लाहीको हरिवनमा आफन्तविहीन एक अशक्त व्यक्तिले नागरिकता पाएको छ । हरिवन नगरपालिका–५, घुर्कौलीका शक्ते बाइबालाई वडाध्यक्ष नागेन्द्रकुमार साह सनाखत बसेर ५६ वर्षको उमेरमा नागरिकता दिलाएको हो ।

बोल्न नसक्ने वाइबको तीनपुस्ता भित्रको कोही पनि आफन्त नभेटिएपछि आफू नै सनाखत बसेर नागरिकता दिलाएको वडाध्यक्ष साहले बताए ।

धेरै झन्झट बेहोर्नु परे पनि आफन्तविहीन अशक्त व्यक्तिलाई नागरिकता दिलाउन सफल हुँदा अत्यन्त खुसी लागेको वडाध्यक्ष साहले खुसी हुँदै भने । अपांग परिचय पत्र भएपछि राज्यले मासिक भत्तासमेत उपलब्ध गराउने भएकाले अब वाइबालाई त्यो परिचय पत्र दिलाउन पनि आफूले पहल गर्ने वडाध्यक्ष साहको भनाइ छ ।

इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख मनोजकुमार मिश्रले आफन्तविहीन कोही व्यक्तिलाई समाजका प्रतिष्ठित व्यक्ति सनाखत बस्दा विश्वासको आधारमा कागजात जुटाएर नागरिकता दिलाउन सकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ