आफ्नै पार्टीको सरकारलाई विश्वास नगर्ने एमालेका २८ सांसदहरु (नामावलीसहित)

समाचार

5/10/2021

काठमाडौं, २७ बैशाख । सत्तारुढ नेकपा (एमाले)का २८ जना सांसदहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छैनन् । एमाले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले संघीय संसदको विशेष अधिवेशन बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि सोमबार विशेष अधिवेशनको आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत संसदका बहुमत सांसदद्वारा अस्वीकृत भएको छ ।

संसदमा उपस्थित २३२ सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ९३, विपक्षमा १२४ र १५ जना तटस्थ रहेका थिए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमालेका सांसदहरुको नामावली

१. माधव कुमार नेपाल

२. झलनाथ खनाल

३. डा.भीमबहादुर रावल

४. योगेश भट्टराई

५. पवित्रा निरौला खरेल

६. भवानी खापुङ

७. जयकुमार राई

८ . यज्ञराज सुनुवार

९. गणेश पहाडी

१०. विरोध खतिवडा

११. कृष्णलाल महर्जन

१२. जीवनराम श्रेष्ठ

१३. नारायण खतिवडा

१४. घनश्याम भुसाल

१५. गोकर्ण विष्ट

१६. सोमप्रसाद पाण्डे

१७. मेटमणी चौधरी

१८. झपट रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५. निरादेवी जैरु

२६. लक्ष्मीकुमारी चौधरी

२७. मुकुन्द न्यौपाने

२८. कलिला खान

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ