आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

समाचार

6/13/2021

रौतहट, ३० जेठ । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ उनीहरुबिच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ