आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने पक्राउ

समाचार

1/24/2021

मोरङ, १० माघ । आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ