आफूलाई मधेशविरोधी भनेर प्रचार गरिएकोमा प्रधानमन्त्रीको गुनासो

समाचार

2/1/2021

जनकपुरधाम, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे ।

‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’ सोमबार ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

उनले आफूलाई मधेशविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाए । ‘केपी ओली मधेशीविरोधी हो भनेर कान–कानमा पु¥याएका होला । ती मधेशप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हेरु त कतिको मधेशीप्रेमी हो । केपी ओलीले नै मधेशमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’

उनले जनकपुर–ढल्केबर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन खोजेको बताउँदै भने,‘तर म भन्छु मोटरसाइकल हातले समाएरै चलाउनुस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ