आमाको नामबाट सन्तानलाई जन्मसिद्ध नागरिकता : महन्थ ठाकुरको ठूलो सफलता

समाचार

5/20/2021

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी नेपालले उठाउँदै आएको नागरिकता समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले स्वागतयोग्य निर्णय गरेको छ । यसमा जसपा अध्यक्ष महन्थ ठाकुरलाई ठूलो सफलता हात लागेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले नागरिकत समस्या मधेशको मात्र नभई समग्र नेपालकै समस्या रहेको भन्दै सो समस्या समाधानका लागि नेपाल सरकारसँग वार्तारत् थिए । अन्ततः अध्यक्ष ठाकुरको प्रयास सफल भएको मान्न सकिन्छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव भने मधेशका र देशसँग सम्बन्धित यस्ता समस्याहरुलाई समाधानभन्दा पनि आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएको आरोपहरु लाग्दै आएका छन् ।

सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ